धनगढी : सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पार्टीकी सासंद टीका थापा मन्त्री बन्दा रेशम चौधरी आक्रोशित बनेका छन् । रेशमले सुदूरपश्चिम सरकारको मन्त्रीमण्डल विस्तार थारुहट आन्दोलन प्रतिको धोका भएको बताएका छन् ।
नाउपा अध्यक्ष रञ्जीता श्रेष्ठ पक्षकी सासंद थापा मन्त्री बनेपछि रेशम फायर भएका हुन । उनले रञ्जीतालाई लक्ष्यीत गर्दै सामाजिक सञ्जाल फेसबुकमा विभिन्न आक्रोस व्यक्त गरेका छन् ।
रेशमले आफु पहिचानको आन्दोलनलाई बिस्थापित गर्न नसक्ने भन्दै जसलाई जहाँ फाईदा हुन्छ उतै लाग्न भनेका छन् । उनले लेखेका छन् – जसलाई जहाँ फाईदा हुन्छ उतै लाग्नुस् तर म पहिचानको आन्दोलनलाई बिस्थापित गर्न सक्दैन । आजको यहिदिन देख्नको लागि म आठ बर्ष जेल बसेको रहेछुँ । मेरो श्री सम्पतिमा आगो लागेको सहें,तीन बर्ष प्रवास सहें । जेल नेल सहें । आरोप प्रत्यारोप सहें । अब सहन के नै बाँकी छ र ?
कोहि सांसद बने,कोहि मेयर बने, कोहि मन्त्री बने । म के बनें ? संघर्ष गर्न सिकएकै छुँ । गर्नुस् ,बिजय बन्नुस् ।
सम्बन्ध सबै समाप्त । बिश्वास माथिको अघात । यो भन्दा अपराध अरु केही हुन सक्दैन ।