काठमाडौं: जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा तीन वर्षयता पहिलो पटक घटेको छ। जापान सरकारले तथ्यांक सार्वजनिक गर्दै रोजगार उपलब्धता घटेको जानककारी गराएको हो।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले २०२३ को मार्च महिनाको तुलनामा रोजगार–आवेदक अनुपात ०।०२ प्रतिशतले घटेको बताएको छ। मार्चमा कम रोजगारीको अवसर भएका क्षेत्रहरूमा निर्माण क्षेत्र १०।८ प्रतिशतले घटेको छ भने जीवनशैली र मनोरन्ञ्जन सेवा क्षेत्र तथा शिक्षा क्षेत्र दुवै १०।५ प्रतिशतले घटेको छ।
Facebook Comments Box