काठमाडौं : भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलले लिङ्क काटिदिएका कारण नेपालको इन्टरनेट सेवा बन्द हुन पुगेको पाइएको छ ।
बिहीबार अपराह्न चार बजेदेखि एक्कासी नेपालका प्रमुख सेवा प्रदायकको इन्टरनेट सेवा प्रभावित भएको हो ।
बुधबार मात्रै एयरटेलले विभिन्न सेवा प्रदायकहरूलाई पत्राचार गर्दै लामो समयदेखि भुक्तानी प्राप्त नभएका कारण कुनै पनि बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको थियो ।
सोही विषयलाई लिएर इन्टरनेट सेवा प्रदायकहरूको साझा संस्था आइस्पानले केही दिन अघि पत्रकार सम्मेलन गर्दै इन्टरनेट बन्द हुनसक्ने परिस्थिति सिर्जना भएको जानकारी समेत गराएको थियो ।
Facebook Comments Box