धनगढी : धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीबाट लागु औषधसहित ५ जना पक्राउ परेका छन् ।
अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उत्तरबेहडी बस्ने विकास नेपालीको घरबाट खैरो हिरोईनसहित ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेपालीसहित धनगढी-३ का १९ वर्षीय प्रवीण खड्का, सोही ठाउँका २१ वर्षीय लक्ष्मीप्रसाद जोशी, धनगढी-४ का १६ वर्षीय पारस खड्का, धनगढी-२ का २३ वर्षीय चेतन पनेरु र डोटीको जोरायल गाउँपालिका-१ का २२ वर्षीय बिक्रम पातली रहेका छन् ।
प्रहरीले उनिहरुको साथबाट ३. ८२० मिलिग्राम खैरो हिरोईन समेत बरामद गरेको छ ।
उनिहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box