काठमाडौँ, स्थानीय तह निर्वाचनका लागि देशका ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।
मधेस प्रदेशका जिल्ला र बागमतीका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार ७५३ वटा स्थानीय तहमा ६ हजार ७४३ दलित महिला सदस्य पदका लागि १ सय ७० दलित महिला सदस्य पदमा मनोनयन दर्ता नभएको उनले बताए ।
३५३ जना उम्मेदवार विभिन्न पदमा निर्विरोध निर्वाचित भएको उनले जानकारी दिए ।-सोहीअनुसार आचारसंहिताको प्रावधान विपरित उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट नगर्न आयोगले आग्रह गरेको छ ।
Facebook Comments Box