काठमाडौं: नापी विभागका एक उपसचिव ले विभागमा आतंक मच्चाएका छन्। आतंक मच्चाउने शक्तिशाली विभागका उपसचिव हुन् दामोदर ढकाल। उनले आफ्नो भनेअनुसार नचल्ले कर्मचारीहरुलाइ कार्यालयभित्र पेलेर राख्ने गरी आतंक मच्चाएको पाइएको हो। सो विषयमा भित्रकै कर्मचारीले गुनासो गर्ने गरेका छन्।
स्रोतका अनुसार उनले विगत लामो समयदेखि विभागमा बसेर अनेकन असुली धन्दा र गडबडी गरेका हुन्। प्रकाश जोशी डिजी रहेको उक्त विभागमा उनै ढकालको हैकम चल्ने गरेको र डीजीलाई समेत उनैले आफू अनुकूल राखेको बताइन्छ।
यतिमात्र होइन, ती उपसचिव ढकाल करिव ६ वर्षदेखि विभागमै अड्डा जमाएर बसेका छन्। लामोसमय विभागमा बसेका उनले कार्यालयसहित अन्य सरुवा बढुवामा चलखेल गर्ने गरेका छन्। चलखेलका क्रममा उनले रकम (पैसा) समेत उठाउने गरेको बुझिएको छ।
आफूलाई काँग्रेस निकट बताउने उनै ढकालले आफूले अख्तियारमा पनि सेटिङ मिलाउछु भन्दै पैसा उठाउने गरेको गुनासो छ। यस्तै विभागमा आफू अनुकूल कर्मचारी नभए उनीहरुलाई अनेकन हतकन्डा अपनाएर साइड लगाउने उनको फन्डा छ। गुल्मी घर भएर हाल बानेश्वर बस्ने ती ढकालले नेपाल सरकारबाट संविधान दिवस २०७८ प्रवल जनसेवा श्री पदक पनि पाएका थिए।
उक्त विषयमा बुझ्न खोज्दा ढकालले भने सबै आरोपहरु भएको बताए। उनले आफूले विभागमा बस्नसमेत नचाहेको दाबी गरे।