काठमाडौं– भारतमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३९ संक्रमित थपिएका छन् । योसँगै ५४ बिरामीको मृत्यु भएको छ ।
कोरोना संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । दिल्ली कोरोनाको हटस्पट बनेको छ । मंगलबार दिल्लीमा १ हजार ४१४ नयाँ कोरोना संक्रमित भेटिएका छन् । जबकि यसअघि राजधानीमा १ हजार ७६ जनामा संक्रमण देखिएको थियो ।
Facebook Comments Box