धनगढीः नेपाल प्रहरीका डिआईजी उमेश जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई बढुवा गर्ने निर्णय गरेको छ।
जोशी हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशकको भूमिकामा छन् भने ढकाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्।
वैशाख ४ गते बसेको बढुवा समितिको बैठकले जोशी र ढकाललाई बढुवाको लागि सिफारिस गरेको थियो। उक्त सिफारिसलाई आजको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
Facebook Comments Box