काठमाडौं: आजदेखि चारधाम यात्रा सुरु भएको छ। शुभ साइत हेरेर आजबाट चारधाम यात्रा सुरु भएको हो। जसका लागि आज (शुक्रवार) बाट उत्तराखण्डस्थित केदारनाथ धाम, यमोनत्री र गङ्गोत्रीका ढोका खोलिएका छन्।
यस्तै बद्रीनाथको ढोका भने पर्सिसम्ममा खुल्ने जनाइएको छ। गडवाल क्षेत्रका चारधाम धार्मिक महत्वका इतिहास हुन्। आजदेखि चारधाम यात्रा सुरु भएकोमा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले पहिलो पुजा एवं दर्शन गरेका छन्। धामीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका नाममा केदारनाथ धाम पुगेर पहिलो पुजा गरेका हुन्।
Facebook Comments Box