इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्समाथि जित निकालेको छ ।
नरेन्द्र मोदी स्टेडियम, अहमदाबादमा ओपनरद्वय कप्तान शुभमन गिल र साई सुदर्शनले शतक प्रहार गरेको खेलमा गुजरातले चेन्नईलाई ३५ रनले पराजित गरेको हो ।
२३२ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ८ विकेट गुमाएर १९६ रनमै समेटियो । चेन्नईका लागि डेरिल मिचेलले सर्वाधिक ६३ रनको योगदान दिए । यस्तै, मोइन अलीले ५६, महेन्द्रसिंह धोनीले २६, शिवम दुबेले २१ र रवीन्द्र जडेजाले १८ रनको योगदान दिँदा कप्तान रुतुराज गायकवाड शून्य रनमै पवेलियन फर्किएका थिए ।
गुजरातका मोहित शर्माले ३, रासिद खानले २ तथा उमेश यादव र सन्दीप वारियरले समान १-१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ३ विकेटको क्षतिमा २३१ रनको योगफल तयार पारेको थियो ।
Facebook Comments Box