काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तनको लहर डरलाग्दो रूपमा फैलिँदा पनि कसैले चुनावी मुद्दा नबनाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
आज (बुधबार) बिहान सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै थापाले संविधानले नै निषेध गरेको सङ्गठित धर्म परिवर्तन रोक्न कुनै पनि स्थानीय तहका उम्मेदवारका प्रतिबद्धतामा नपरेको बताएका छन् ।
‘धर्म परिवर्तनको डढेलो देशभर डरलाग्दो रूपमा फैलिरहेको छ। तर,कसैले पनि यो विषयलाई चुनावी मुद्दा बनाएका छैनन्’, उनले लेखेका छन्, ‘संविधानले नै निषेध गरेको प्रलोभन र भ्रममा पारेर गरिने सङ्गठित धर्म परिवर्तन आफ्नो पालिकामा रोक्छौँ भन्ने प्रतिवद्धता समेत कुनै दलले व्यक्त गरेनन्।’
Facebook Comments Box