धनगढी : नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले प्रहरीमा आत्मसमर्पण गरेका छन्।
कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन्। घरभित्रै वैवाहिक बलात्कारको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन्।
ओड साङ्गीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन्। नेपाल आए लगत्तै उनी आफै इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गर्न पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश जोशीले जानकारी दिए।
उनका अनुसार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ। ओड अहिले इलाका प्रहरी कार्यालय झलारीको हिरासतमा रहेका छन्। प्रहरीले त्यस विषयमा छानबिन तथा अनुसन्धान गरिएको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए।
Facebook Comments Box