धनगढी : अखिल नेपाल महिला संघ सुदूरपश्चिम प्रदेश स्तरीय युवा भेलाले कल्पना पालको नेतृत्वमा ११ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा पशुपति महतारा, सचिव दुर्गा नेपाली, सहसचिव निता ढुङ्गाना, कोषाध्यक्ष दुरा कुमारी भाट र सदस्यहरू सर्वसम्मत चयन भएका हुन् ।
सबै जिल्लाबाट २५ सदस्य रहने कमिटीका बाँकी सदस्यहरू पछि मनोनीत गरिने जनाइएको छ ।
अनेमससंघ केन्द्रीय युवा कमिटी सदस्य विन्दु अधिकारीको अध्यक्षतामा भएको भेलामा अनेमसङ्घका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज आशा विक, प्रमुख अतिथि र नेकपा एमाले सुदूरपश्चिम सचिव रणबहादुर चन्द विशिष्ट अतिथि रहेका थिए ।
अनेमसंघले युवा महिलाहरूलाई राजनीतिमा जोड्न सबै जिल्लामा युवा भेला गर्दै कमिटी गठन गर्न लागेको प्रदेश अध्यक्ष झुमा चौधरीको भनाई छ ।
Facebook Comments Box