धनगढी : धनगढीमा प्रहरीविरूद्व जासुसी गरि तस्करहरूलाई सघाउने भूमिका खेल्ने अर्का युवकलाई पनि पक्राउ गरिएको छ।
प्रहरीले आज धनगढी उपमहानगरपालिका -९ तारातालका ३२ वर्षीय पदम पार्कीलाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ।
उनी धनगढी-८ को भगतचोकमा कपाल काट्ने काम गर्दै आएका छन्। पार्कीले दिउँसो कपाल काट्ने तथा रातिको समयमा तस्करहरूलाई प्रहरीबारे सूचना दिने गरेकाे खुलेकाे प्रहरीकाे भनाइ छ।
उनले विगत ७/८ वर्षदेखि प्रहरीबारे तस्कर समूहहरूलाई सूचना दिने गरेको बयान दिएका छन्। पार्कीले बङग्राकटानदेखि भगतचोकसम्मको सूचना तस्कर समूहलाई दिने गरेको कैलाली प्रहरी प्रवक्ता कविन्द्रबहादुर बोहराले बताए।
उनले प्रति सूचना तस्कर समूहबाट ५ सय रकम लिने गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
तस्कर समूहहरूले धनगढीमा प्रहरी विरुद्ध जासुसी गर्ने व्यक्तिहरूको समूह नै बनाएर लामो समयदेखि परिचालन गरेको खुलेको छ।