विराटनगर : प्रहरीले भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाट मंगलबार राति साढ ११ बजेतिर काँचो केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअप भ्यानबाट गाँजा बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, एसपी नवराज कार्कीले बोरामा प्याक गरेर पिकअपको पछाडि ढालामा राखिएको अवस्थामा गाँजा बरामद भएको जानकारी दिए ।
प्रहरीले पिकअपलाई नियन्त्रणमा लिएर चालक धनकुटाको शहीदभूमि गाउँपालिका–३ का १८ वर्षीय दिवस राईलाई पक्राउ गरेको छ ।
Facebook Comments Box