धनगढी : कास्की प्रहरीले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा स्पा (मसाज सेन्टर) बाट ५ जना बालिकाहरुको उद्दार गरेको छ।
मसाज सेन्टरमा नाबालिकाहरूलाई यौनधन्दामा लगाइने गरेको उजुरीपछि बुधबार कास्की प्रहरीले पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समूह नेपालसहित ५ वटा मसाज सेन्टरको अनुगमन गरेको थियो।
अनुगमनको क्रममा सेन्टर प्वाइन्ट नामक स्पाबाट २, हिमालय स्पा, प्यारामाउन्ट स्पा र न्यूभिजन स्पाबाट एक–एक जना गरी ५ जना १८ वर्षभन्दा तलका बालिकाको उद्दार गरिएको कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए।
अनुगमन गरिएको अर्को एक स्पामा भने बालिका नरहेको उनको भनाइ छ।
Facebook Comments Box