काठमाडौं : सिंगापुरमा लौरेन्स वाङ श्युन साइलाई नयाँ प्रधानमन्त्री बनाइएको छ।
उनले राष्ट्रपति षडमुगरत्नम् र प्रधान न्यायाधीश सुन्दरेश मेनन समक्ष आजै शपथ लिएका छन्।
५१ वर्षीय लौरेन्स ५९ वर्षको इतिहासमा सिंगापुरका चौथा प्रधानमन्त्री हुन्। सिंगापुरमा दक्षिणपन्थी परम्परावादी पिपुल्स एक्सन पार्टीले ५९ वर्षदेखि निरन्तर चुनाव जित्दै आएको छ।
हाल सिंगापुरमा प्रधानमन्त्री र सभामुख चिनियाँ मूलका छन् भने राष्ट्रपति र प्रधानन्यायाधीश द्रवीड हिन्दु छन्।
सिंगापुरका हाल सम्मका प्रधानमन्त्री ७२ वर्षीय ली हसिन लुङले २० वर्ष सेवा दिएपछि स्वच्छाले अवकाश लिएका छन्। उनलाई सम्मान स्वरुप मन्त्रीपरिषदमा वरिष्ठ मन्त्री बनाइएको छ।
Facebook Comments Box