धनगढी: नेकपा एकीकृत समाजवादी पार्टी निकट अधिवक्ता चन्द्रबहादुर शाही सुदूरपश्चिम प्रदेशकाे मुख्य न्यायाधिवक्तामा नियुक्त भएका छन्।
मुख्यमन्त्री दीर्घबहादुर साेडारीले उनलाई मुख्य न्यायाधिवक्तामा सिफारिस गरेकोमा आज उनले सपथ खाएका छन्।
शाहीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्य न्यायाधिवक्तामा नियुक्त गर्दै उच्च अदालत दिपायलका मुख्य न्यायाधीश सुशीलासिंहबाट शाहीले सपथ खाएका हुन्।
Facebook Comments Box