काठमाडौं : मुलुकभित्र रोजगारी अभावका कारण बिदेसिनेको संख्या क्रमशः उकालो लागिरहेको छ। विदेश रोजगारीका लागि चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीमा जान ६ लाख बढीले श्रम स्वीकृति लिएको विवरण वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको हो।
विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका लागि ६ लाख ९ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका छन्। गत वर्षको सोही अवधिमा ६ लाख ५६ हजार ६०६ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए।
विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका छन्। भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ७१ हजार २७६, पुसमा ६५ हजार ८१३ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ।
Facebook Comments Box