काठमाडौं: ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्। काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
यद्धपी प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन। ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार शंकास्पद अवस्थामा भेटिएको थियो।
‘डिउटी’ सकेर घर फर्किंदै गर्दा काठमाडौँको तार्केश्वर-९, मनमैजुमा घिमिरेको हत्या भएको हुनसक्ने अनुमान गरिएको थियो। उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको थियो।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले जानकारी दिएको छ।
Facebook Comments Box