बुटवल : अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सको ठक्करबाट आज बिहान एक महिलाको ज्यान गएको छ । बुटवल–१३ झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु भएको छ । भने २ महिला घाइते भएका छन् ।
मृत्यु हुनेमा बुटवल-११ देवीनगरकी ५६ बर्सिया कमला नेपाली रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। अर्घाखाँचीदेखि बिरामी लिएर आएको लु १ झ ५३१ नम्बरको एम्बुसलेको ठक्कर दिएको थियो ।
पैदल हिँडेका सोही ठाउँका ५५ बर्सिया कमला नेपाली र ३५ बर्सिया झुपा ठटराई घाइते भएका छन् । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएरको छ अघि ।
Facebook Comments Box