धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिले पर्यटन प्रवद्र्धन र छाउपडीविरुद्धको अभियान चलाउने भएको छ । अछामको प्रमुख पर्यटकीय स्थल रामारोशन ताल क्षेत्रमा शनिबार बसेको प्रदेश समितिको पूर्ण बैठकले रामारोशनसहित सुदूरपश्चिम पर्यटकीय क्षेत्रको पहिचान तथा प्रवद्र्धन गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा व्याप्त छाउपडी कुप्रथाविरुद्ध सचेतनामूलक अभियान चलाउने र उक्त अभियान पार्टी सदस्य स्वयंको परिवारबाट सुरु गर्ने निर्णय गरिएको प्रदेश महामन्त्री पारस बाहुनले बताए । उनकाअनुसार पार्टीमा आबद्ध नेता, कार्यकर्ताले छाउपडी कुप्रथा अवलम्बन गरेको तथा परिवारका सदस्यलाई छाउपडी अवलम्बन गर्न दबाब दिएको पाइएमा कारवाही गरिनेछ ।
Facebook Comments Box