काठमाडौं : सभामुख देवराज घिमिरेले आइतबार बोलाइएको प्रतिनिधिसभा बैठक चलाउनेबारे प्रमुख सचेतकसँग छलफल गर्दै छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा सभामुख घिमिरेले संसद् बैठक चलाउनेबारे राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।
आइतबारका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । यसअघि सहमतिको प्रयासका लागि सभामुख घिमिरेले प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन् ।
Facebook Comments Box