धनगढी: नेकपा एमालेको बाजुरा जिल्लामा अधिवेशन जारी छ। आज (आइतबार) पदाधिकारीसहितका पदका लागि मतदान भैरहेको छ।
तर, युवा कलस्टरसहितका केही पदमा भने सर्वसम्मत सदस्य निर्वाचित पनि भएका छन्। बाजुरामा युवामाझ लोकप्रिय मानिने नरेन्द्र थापा सहवीर पनि एमाले बाजुराको जिल्ला सदस्यमा सर्वसम्मत चयन भएका हुन्।
उनी एमाले बाजुराको आठौं जिल्ला अधिवेशनमा खुला युवा सदस्यमा सर्वसम्मत निर्वाचित भएको बताइएको छ। यस अगाडि उनी पालिकाको प्रमुख भएर पार्टीको जिम्मेवारीमा थिए।
उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय मानिन्छन्।
Facebook Comments Box