धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले समाजवादीका नेताहरुलाई धमाधम सरकारी नियुक्ति गरिरहेका छन् ।
अस्तीमात्रै एस निकट अधिवक्ता चन्द्रबहादुर शाहीलाई प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका सोडारी फेरी एसकै अर्का नेतालाई पनि सरकारी नियुक्ति दिलाएका छन् ।
आइतबार प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा एसका नेता गणेशबहादुर बिश्वकर्मालाई नियुक्त गरेका हुन ।
उनलाई मुख्यमन्त्री सोडारीले आजै पद तथा गोपनीयताको शपथ गराएका छन्। बझाङ घर भएका बिश्वकर्मा झण्डै अढाइ दशकदेखि मानवधिकारको क्षेत्रमा क्रियाशील रहेका छन्।
उक्त आयोगको अध्यक्षमा मुख्यमन्त्री स्वयम अध्यक्ष रहने प्रावधान रहेको छ।
Facebook Comments Box