धनगढी : डडेल्धुराका एक पुरुषको बैतडीको पाटनमा शव फेला परेको छ ।
जिल्लाको पाटन नगरपालिका-६ पाटन पञ्चेश्वर सडक खण्डमा पर्ने गाईडाखोला नजिकको खेतको खोल्सोमा शव फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
डडेल्धुराको अमरगढी नगरपालिका-५ बस्ने अन्दाजी ५० बर्षीय रुपक जैरुको शव फेला परेको हो ।
पाटन बजारको एक सिलाई सेन्टरमा काम गर्ने आएका जैरु दुई दिन देखि सम्पर्कमा थिएनन् ।
उनको शव स्थानीय घास काट्ने महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खर काटनेले फागलाबाट करिब २ सय मिटर तल खोल्सोसम्म लेडेको जस्तो देखिएको छ ।
घटनास्थलमा आफ्न्त नपुगेकोले प्रहरीले शवलाई घेराहालेर राखेको छ । सिलाई सेन्टरका संचालकलाई सोध्पुछ गरिरहेको जनाएको छ ।
घटनाको थप अनुसान्धन भइरहेको छ ।
Facebook Comments Box