धनगढी : नेकपा एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली विजयी भएका छन् ।
पार्टीका स्थायी कमिटि सदस्य कर्णबहादुर थापाले समर्थन गरेका अध्यक्षका उम्मेदवार भरत थापालाई १५ मतले पराजित गर्दै ओली विजयी भएका छन् ।
कुल ४२५ मत खसेकोमा ओली २१८ मतसहित विजयी हुँदा थापाले २०३ मत पाएका छन् ।
ओलीलाई पार्टी केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज लालबहादुर थापाको समर्थन थियो ।पदाधिकारीमा पनि ओली प्यानलकै उम्मेदवार विजयी भएका छन् ।
उपाध्यक्षमा जनकबहादुर बोहरा, सचिवमा काशीबहादुर बिक, उपसचिवमा हरीबहादुर रोकाया र उपसचिव (महिला) मा राजकला सार्की विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
१ जेठमा पार्टी उपाध्यक्ष रामबहादुर थापाले जिल्ला अधिवेशन उद्घाटन गरेका थिए ।
नेताहरूबीच सहमतिको प्रयास असफल भएपछि पाँच दिनपछि निर्वाचन भएको थियो ।
Facebook Comments Box