काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठकका कारण कार्यव्यवस्था परामर्श समितिको बैठक प्रभावित भएको छ ।
संसद बैठकको कार्यसूची तय गर्न सभामुख देवराज घिमिरेले आज बिहान १० बजे कार्यव्यस्थाको बैठक बोलाएका थिए । तर कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु बैठकमा नआएपछि कार्यव्यवस्थाको बैठक बस्न नसकेको हो ।
नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहान सवा १० बजेदेखि जारी छ ।
आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । तर नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठन नभए संसद अवरोध गर्ने चेतावनी दिएको छ ।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि तय भएको छ ।
Facebook Comments Box