धनगढी : एमाले नेता भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई गिरफ्तार गर्न माग गरेका छन् ।
उनले राज्यका सूचना बेच्नु देशद्रोह भएको बताउदै थापालाई तत्काल गिरफ्तार गरि कानुनी कारबाही अगाडि बढाउन माग गरेका हुन ।
संसदमा गृहमन्त्री रवि लामिछानेले लगाएको आरोप गम्भीर भएको बताउदै थापालाई गिरफ्तार नगरे उनी पनि देशद्रोहीका मतियार ठहरिने बताएका छन ।
यस्तो छ उनको प्रतिक्रिया !
राज्यका सूचना बेच्नु देशद्रोह हो।यसरी सूचना नेपाली कांग्रेसका महामन्त्री, सांसद गगन थापाले बेचेको गम्भीर आरोप गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले लगाएका छन्।यस्तो देशद्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसदमा नै घोषणा गरेकोले थापालाई गिरफ्तार गरी तत्काल कानूनी कार्वाई गरियोस्। यदि गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कार्वाई अघि बढाउदैनन् भने उनी पनि देशद्रोहीका मतियार ठहरिने छन् र निजलाई प्रमं प्रचण्डले तुरून्त बर्खास्त गरी गिरफ्तार गर्नुपर्छ।
गृहमन्त्रीले गगन थापाले भ्रष्टाचार गरेको भनी विभिन्न मुद्दाबारे समेत संसदमा प्रस्तुत गरेका छन्।ती मुद्दामा राज्यका सम्बन्धित निकायबाट तत्काल अनुसन्धान गरियोस्।यस्ता आरोप झुठा ठहरे देशको गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसेर अनर्गल कुरा गरेकोमा निजलाई कानूनी कार्वाई होस्।
राज्य कानून र मर्यादमा आधारित हुन्छ भन्ने सामान्य कुराको हेक्का नराख्ने हो भने देश र जनता प्रति गद्दारी गरेको ठहर्छ।