धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका-१८ का वडाध्यक्ष भुवन रिजालविरुद्ध किटानी जाहेरी परेको छ ।
सोही वडाका पूर्व वडाध्यक्ष मुरारी अधिकारीले रिजालसहित ३ जनाविरुद्ध जाहेरी दिएका हुन ।
आफ्नो चरित्र हत्या गरेको भन्दै वडाध्यक्ष रिजाल, नेकपा एमाले कैलालीका जिल्ला सदस्य कृष्णकुमार पाण्डेय र सुरेश परियारविरुद्ध जाहेरी दिएका छन ।
उनिहरु विरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको छ ।
अधिकारीलाई फूलबारीको एक बस्ती अवैध तरिकाले बिक्री गरि १२ लाख कमिसन खाएको र वडा कार्यालयबाट सिफारिस बनाएको आरोप लाग्दै आएको छ ।
Facebook Comments Box