धनगढी: कैलालीको धनगढीमा एक जनाको रुखबाट लडेर घाइते भएपछि उपचाररत अवस्थामा मृत्यु भएको छ।
आज (सोमबार) धनगढी उपमहानगरपालिका-१४फुलवारी बस्ने ८७ वर्षीय धनबहादुर लिम्बुको मृत्यु भएको हो।
प्रहरीका अनुसार घर नजिकै बाँस काट्ने क्रममा बाँसको झ्याङबाट लडेर गम्भिर घाईते भई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भएको हो।
यस्तै उता, बाजुराको बडिमालिका नगरपालिका-६ बुढाकोर्ध बस्ने ४५ वर्षीया धौली बडुवाल आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छ्न्।
आज उनी मृत फेला परेकोमा यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भईरहेको छ बताइएको छ।
Facebook Comments Box