कञ्चनपुरः जुवातास मुद्दामा फरार रहेका कञ्चनपुरका २ जना पक्राउ परेका छन्।
जुवातास मुद्दामा २७५ जरिवाना ठहर भएका बेदकोट नगरपालिका–३ का ३० वर्षीय मोहन खड्का र १७५ जरिवाना ठहर भएका सोही ठाउँ बस्ने ४२ वर्षीय तारा दत्त जोशी पक्राउ परेका हुन्। जिल्ला अदालत कञ्चनपुरको फैसलाले जुवातास मुद्दामा जरिवाना ठहर गरेपछि फरार रहेका दुबै जनालाई सोमवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
Facebook Comments Box