दार्चुला – ०७४ सालको स्थानीय तह निर्वाचनमा सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका प्रमुखको उम्मेदवार नेपाली काग्रेसका हंशराज भट्टले २९ बुद्धे चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको थियो । महत्वकांक्षी निर्णय गर्नुभएका काग्रेसका उम्मेदवार भट्टले चुनाव जितेपछि प्रतिबद्धता कार्यान्वयन भने फितलो देखिएको छ ।
तीन वर्षभित्र सबैको घरमा चौविसै घण्टा खानेपानी व्यवस्थापन र एक वर्षभित्र खानेपानीको व्यवस्था हुने उल्ल्ेख गरिएको छ । तर स्थानीय सरकार पाँच वर्ष चलाएका भट्टले अहिलेसम्म बजार क्षेत्रमै खानेपानीको व्यवस्थापन गर्न सकेका छैनन् । अहिले सदरमुकामबासीको धारामा दिनमा एक पटकमा आधाघण्टा पनि पानी आउँदैन् । गर्मी समयमा झन बजार क्षेत्र सुख्खा हुने गरेको छ ।
९ वटै वडाका प्रत्येक घरधुरीमा खानेपानी पानी पुर्याउने गरेको बाँचा अहिले आएर घरमा आधा घण्टा पनि पानी आउनै छोडेको छ, स्थानीय भवान विष्टले भन्नुभयो । गाउँकै धारामा पानी आउन छोडेको छ । तीन चार वटा खानेपानी योजना छन्, तर पानी एउटा धारामा पनि छैन् । सदरमुकाम खलंगामा अहिले दैनिक आधा घण्टा पनि खानेपानी आएको छैन ।
हिउँदयाममा नगरपालिकाले पानी अभावमा दमकलमार्फत समेत पानी वितरण गर्नुपरेको थियो । नगरपालिकाभित्र स्वच्छ खानेपानी हैन्, खानेपान िसमेत पहुँच हुन सकेन् । महाकाली नगरपालिकाका सबै वस्तीलाई सडकसँग जोड्ने नगर प्रमुख हंशराज भट्टको प्रतिबद्धता अधुरै रह्यो । आर्थिक विकासको मेरुदण्डको रुपमा सडक सञ्जाललाई बस्तीस्तरसम्म जोड्ने पाँच वर्षअघिको प्रतिबद्धता थियो । नगरपालिकाका प्रत्येक वस्तीमा सडक पुर्याउने गरेको बाँचा पूरा हुननसकेपछि अहिले दोस्रो पटक काग्रेसको तर्फबाट उम्मेदवार बनेका भट्टको आलोचना भएको छ ।
विद्युत मर्मतमा वेवास्ता
०७७ असार ५ गतेको डुङगरी खोलामा आएको बाढिले ३० किलोवाट क्षमताको डुङरी जलविद्युत बगायो । १ हजार पाँच सय घरधुरीमा डुङरीबाट उत्पादन हुने विद्युतले उज्यालो दिएको थियो । तर दुई वर्ष बढि हुँदा पनि डुङरी जलविद्युत योजनालाई पुर्ननिर्माण मर्मतसम्भारमा ध्यान दिएन् ।
चमेलिया जलविद्युत आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत सदरमुकाम खलंगामा उज्यालो दिइएको छ । तर बेला बेलामा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ ।
०७४ सालको स्थानीय तहको निर्वाचनमा काग्रेसबाट उम्मेदवार बन्नुभएका हंशराज भट्टले प्रतिबद्धतामार्फत नगरभित्र सञ्चालमा रहेका विद्यूत गृहको संरक्षण र सम्बद्र्धन गर्दै विद्युतआपूर्तिलाई व्यवस्थित गर्ने उल्लेख छ । तर उहाँको त्यो प्रतिबद्धता कागजमै सीमित भएको छ । अहिले सदरमुकाम खलंगामा दैनिक घण्टौ लोडसेडिङ भइरहेको छ । छिनछिनमा विद्युत जाने आउने हुँदा उपकरण विग्रिरहेको स्थानीयले बताएका छन् ।
यो साता सदरमुकाम खलंगामा चार दिनसम्म विद्युत नियमित हुन सकेन् । जसको असर उपभोक्ताले सास्ती भोग्नुपरेको स्थानीय कमलसिह धामीले बताउनुभयो । नगरप्रमुखले गरेका बाँचा गरेपनि २०औ वर्षदेखि सञ्चालनमा रहेको डुङुरी जलविद्यूत मर्मत सम्भारमा ध्यान नदिएको स्थानीयको आरोप छ ।नगरप्रमुखकै घर छेउ नजिकैको विद्युत मर्मतमा ध्यान नदिएका कारण काग्रेस मतदाता यो पटक रुष्ट छन् । गरेअनुसारका बाँचा एउटा पनि पूरा भएको छैन् । काग्रेसका कार्यकर्ता भन्छन्, हामीले जनतासँग गएर भोट माग्ने आधार केही रहेन् ।
न बन्यो नगर अस्पताल, न रोकियो बाहिर जान
०७४ सालको निर्वाचन अघि हंशराज भट्टले आकस्मिक एवं विशेषज्ञ स्वास्थ्य उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यतात्मक परिस्थितिको अन्त्य गरिने उल्लेख गर्नुभयो । यतिमात्र हैन नगरपालिकाभित्र नगरपालिका र नीजि क्षेत्रको साझेदारीमा सुविधासम्पन्न नगर अस्पताल स्थापना गरिनेछ । तर पाँच वर्षसम्म न बन्यो नगरअस्पताल न रोकियो बाहिर जानुपर्ने अवस्था नै । नगरप्रमुख भट्टले गरेका बाँचा अनुसार एउटा काम पनि हुन सकेन् । नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरुको समेत थप सुविधासम्पन्न बनाउने योजना पूरा हुन सकेको छैन् । पाँच वर्ष कार्यकालको उपलब्धी हेँर्दा उहाँले गरेका प्रतिबद्धता कार्यान्वयन भएको देखिदैन । अहिले जिल्लबाहिर दैनिक १/२ जना रिफर भएर जाने गरेका छन् । अस्पताल बनाउने योजना कुनै पनि अघि बढेको छैन ।