काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवार बनेका जगन्नाथ पौडेललाई भेट्ने भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहाललाई मेयरमा जिताउन पौडेलको उम्मेदवार फिर्ता लगाउने उद्देश्यले देउवा उनलाई भेट्न लागेका हुन् ।
भेटमा देउवाले उम्मेदवारी निष्क्रिय बनाउन आग्रह गर्ने उनको सचिवालयले जनाएको छ। सिङ्गो कांग्रेसलाई गठबन्धनको पक्षमा उतार्न देउवा बास नै बस्ने गरी बुधबार साँझ भरतपुर पुगेका छन् । देउवाले बिहीबार त्यहाँस्थित विभिन्न आमसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Facebook Comments Box