काठमाडौं : नागरिकता सम्बन्धी मुद्दामा हिरासतमा राखिएका कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि अस्पताल भर्ना भएका छन् ।
चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।
पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या भोगिरहेका सिरोहियालाई टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि प्रशासनले प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो ।
तर प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण गर्ने सुविधा उपलब्ध नभएपछि काव्या अस्पताल लगिएको छ ।
Facebook Comments Box