धनगढीः कैलालीमा अबैध काठ बरामद गरिएको छ।
गौरीगंगा नगरपालिका ९ बनखेत स्थित गौरीगंगा सामुदायिक साँझेदारी वन भित्र लुकाई छिपाई राखिएको सालको गोलिया थान–५ (५३.६८ क्युफिट) अबैध काठ ईलाका प्रहरी कार्यालय मसुरिया र सब–डिभिजन वन कार्यालय मसुरियाको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएको उक्त काठ सब–डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।
Facebook Comments Box