काठमाडौं– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गर्ने ३२ दलहरुलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा मागेको जवाफमा प्रमुख राजनीतिक दलकै सङ्ख्या बढी रहेको आयोगले जनाएको छ ।
आयोगले नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतलाई स्पष्टीकरण सोधिएको छ । आयोगले राजनीतिक दललाई पटक पटक आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह गर्दै विशेष निर्देशनसमेत जारी गर्दै आएको छ ।
तथापि आचारसंहिता उल्लङ्घनका घटनामा प्रमुख राजनीतिक दल मुछिने क्रम घटेको छैन । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले ३२ दल, उम्मेदवार तथा पदाधिकारीसँग जवाफ मागिएको जानकारी दिए । गोरखापत्र दैनिक
Facebook Comments Box