काठमाडौं – नेपाली कांग्रेसले आज चितवनको भरतपुरमा चुनावी सभा आयोजना गर्दैछ । सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादु देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठवन्धनमा रहेका दलसंग तालमेल गरिएका उम्मेदवारलाई विजयी वनाउन पार्टीका सम्पूर्ण सांगठनिक संरचनाहरु, भ्रातृ संघहरु, शुभेच्छुक संस्थाहरु लगायत विदेशस्थित जनसम्पर्क समितिहरु समेत क्रियाशील रहेको कांग्रेसले जनाएको छ ।
भरतपुरमा गठबन्धनको तर्फबाट माओवादीकी रेनु दाहालको मेयर पदमा उम्मेदवारी रहेको छ भने उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी चुनावी मैदानमा छन ।