धनगढी: कञ्चनपुरमा नवजात शिशु मृत फेला परेको प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीले अनुसन्धान थालिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए।
उनका अनुसार आज (सोमबार) बिहान जिल्लाको भीमदत्त नगरपालिका-४ संविधान चोकको उत्तरपट्टीको किनारमा नवजात शिशुको शव फेला परेको थियो। शव सो क्षेत्रको फोहोर फाल्ने स्थानमा भेटिएको थियो।
सो सम्बन्धमा अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको हो। प्रहरीले अहिले घटना शङ्कास्पद भएको भन्दै सिसिटिभी फुटेज हेरिरहेको बताइन्छ। अहिले मृतक शिशुको शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।
Facebook Comments Box