काठमाडौं: नेपाल प्रहरीका ४ डीआइजीको आज पदस्थापन हुने भएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार हालै बढुवा भएका डीआइजीहरुको आज पदस्थापन हुने भएको हो।
नेपाल प्रहरीका आईजीले उनीहरूलाई फुली लगाएपछि पदस्थापन हुने बताइएको छ।
हाल नेपाल प्रहरीको प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, उपत्यका प्रहरी कार्यालय र एकेडेमी लगायतमा डीआइजीको दरबन्दी रिक्त छ। स्रोतका अनुसार उनीहरूलाई सोही स्थानहरुमा पदस्थापन एवं सरुवा गराइने छ।
गृह मन्त्रालयले केही समय अगाडि मात्रै नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवा गरेको थियो।
एसएसपीहरु कृष्णहरी शर्मा पोखरेल एक नम्बरमा, दानबहादुर कार्की दोस्रोमा, मनोज केसी तेस्रोमा र राजन अधिकारी चौथोमा बढुवा भएका थिए।
यस्तै गृहले केही एसएसपीहरुको बढुवा र सरुवाको पनि तयारी थालेको बताइएको छ।
र, यो पनि: प्रहरीका ४ एसएसपीको डीआइजीमा बढुवा सिफारिस [नामसहित]
एसएसपी बढुवामा दौडधुप सुरु, विवादित थापा ओलीको शरणमा