काठमाडौं : विवादै विवादमा मुछिएकी जानुका उर्फ शोभा पाठक कारबाहीमा परेकी छन्। उनी संगठित संगठनले शोभामाथि कारबाही गरिएको जानकारी दिएको छ।
धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका-७ स्थायी घर भएकी ‘शोभा’लाई नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालबाट निकालिएको हो। उनले आफू राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य हुँ भन्दै अराजक गतिविधि गरेकाले कारबाही गरिएको संगठनका महासचिव सुमन पुरीले जानकारी दिए।
शोभालाई २०८० साल पौष २२ गतेको बसेको केन्द्रीय पदाधिकारी बैठकको निर्णयले कारबाही गरेको थियो। तर अहिले पनि शोभाले आफू युवा संघमा भएको कुरा बताउँदै आएपछि हिजो (सोमबार) मात्रै एक विज्ञप्तिमार्फत शोभालाई कारबाही गरिएको जानकारी गराइएको छ।
उनलाई संगठनको विधान अनुसार साधारण सदस्यतासमेत नरहने गरी कारवाही गरिएको बताइन्छ।
भीआइपी ठगदेखि हनीट्र्यापरसम्मको आरोप खेप्दै आएकी शोभा पछिल्लो समय कयौं मान्छेसँग जोडिएर विवादमा आएकी थिइन्। उनको सुदूरपश्चिमस्थित डडेल्धुराका लक्ष्मण सिंहदेखि विभिन्न विचौलिया, भ्रष्टाचारी कर्मचारी लगायत शीर्ष नेताहरुसँग जोडिदै आएको छ।
केही समय अगाडि एमाले नेता महेश बस्नेतसँग पनि आफ्नो सम्बन्ध रहेको भन्दै उनले बखेडा झिकेकी थिइन्। उनले सो विषयमा काठमाडौं प्रहरीमा मुद्दासमेत दिएपनी सरकारी वकिलको कार्यालयले भने मुद्दा नचलाउन सुझाएको थियो।
र, यो पनि: महेश बस्नेतलाई फसाउन खोजिएको भन्दै मुद्दा तामेलीमा !