काठमाडौं : एमाले नेता महेश बस्नेतविरुद्ध परेको जबरजस्ती करणी आरोपको मुद्दामा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने जनाएको छ।
प्रहरीको अनुसन्धानपछि पीडित भनिएकी जाहेरीकर्ताको तथ्य नमिलेको भन्दै सरकारी वकिलको कार्यालयले जाहेरी तामेलीमा राखेको हो।
सरकारी वकिल कार्यालय स्रोतका अनुसार, काठमाडौं प्रहरीले गरेको सिफारिस अनुसार जाहेरीलाई तामेलीमा राखिएको हो।
बस्नेतविरुद्ध पीडित भनिएकी महिलाले हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी दिएकी थिइन्। सरकारी वकिलले अनुसन्धान गर्न भन्दै उक्त जाहेरी जिल्ला प्रहरी परिसर, टेकुमा पठाएको थियो। तर, प्रहरीले अनुसन्धानका क्रममा जाहेरीमा भनिएअनुसार जबरजस्ती करणीमा संलग्न भएको आधारहरु नभेटिएको भनेको छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, सरकारी वकिल र प्रहरीबीच छलफलपछि जाहेरीमा प्रस्तुत विषयहरु तथ्यसंगत नदेखिएपछि तामेलीमा राख्ने निर्णय भएको हो। बस्नेतलाई फसाउन खोजिएको विषयमा महेन्द्रनगरपोष्टले सुरुदेखि निरन्तर समाचार प्रकाशन गर्दै आएको थियो।
यस्तो छ कानुनी आधार
योसँगै नेकपा (एमाले) पोलिटव्युरो सदस्यसमेत रहेका बस्नेत पक्षले शोभा पाठकले सुनियोजित ढंगले आरोप लगाएको दाबी गरेका छन्।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले पाठकले पेश गरेका कागजातहरु नक्कली भएको भनेपछि बस्नेतलाई फसाउन खोजिएको देखिएको हो।
पाठकले एमाले नेता बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा २०८० चैत १३ गते ‘भ्रुणहत्या, जवर्जस्ती करणी र डाँका चोरी’ मुद्धा दर्ता गरेकी थिइन्। प्रहरी परिसर टेकु, काठमाडौँले २१ दिन लगाएर अध्ययन तथा अनुसन्धान गरेपछि मुद्धा नचल्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो।
सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायधिवक्ता चन्द्रप्रसाद सञ्जेलले २०८१ वैशाख ४ गते मुद्धालाई तामेलीमा राख्ने निर्णय गरेका थिए। सरकारी वकिल कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को परिच्छेद २ को दफा ११ को उपदफा २ बमोजिम तामेलिमा राख्ने निर्णय गरेको हो।
पाठकले जाहेरीमा आफू र महेश बस्नेत विगत ५ वर्षदेखि लिभिङ टुगेदरमा रहेको साथै २ पटक गर्भपतनसमेत गराएको भनि उल्लेख गरेको बारेमा २०८० बैशाख १४ मा काठमाडौँ जिल्ला अदालतमा कपिल शाहीसँग कानुनी रुपमा वैवाहिक सम्बन्ध कायम गरेको भनि खुलाएको हुँदा उक्त स्वइच्छाले २ पटक गर्भपतन गराएको हो या होइन, हो भने पनि गर्भ कसको हो भन्ने एकिन गर्नसक्ने अवस्था छैन।
मेघा र चरक अस्पतालमा दुई पटक गर्भपतन गराएको भनि निजले दाबी गरेको विषयमा चरक मेमोरियल अस्पतालको मन्जुरीनामा सम्बन्धको पत्रको विषयमा चरक अस्पताललाई पत्राचार गर्दा प्राप्त जवाफ उक्त पत्र अस्पतालबाट जारी नभएको, अस्पतालमा निजको कुनै पनि उपचार नभएको भनि खुल्न आएको देखिदा जाहेरी दरखास्तमा उल्लेखित प्रमाण खण्डमा पेश गरेको चरक अस्पतालको मन्जुरीनामा पत्र नै झुठ्ठा रही जाहेरवाला आफैले तयार गरी समावेश गरेको देखिन्छ।
साथै मेघा अस्पतालको मिति २०८० चैत २२ गतेको पत्रको जवाफमा अस्पतालको रेकर्ड अनुसार मिति २०८० पौष २६ गतेका दिन पाठक गरेको व्यक्ति अस्पतालको आकस्मिक विभागमा आई उपचार गराई विभिन्न किसिमको ल्याव टेस्ट गराएको र ज्वरो आएको बाहेक अन्य कुनै खास किसिमको रोग नदेखिएको भन्ने चिकित्सकको रिपोर्टबाट देखिएको हुँदा उक्त अस्पतालमा गर्भपतन गराएको भनि गरिएको दावी झुटा, कपोकल्पित तथा भ्रमपूर्ण रहेको पत्र अस्तालले प्रहरीलाई पठाएको छ।
साथै महेश बस्नेतले २०७२ पौष २६ गते नै स्थायी बन्ध्याकरण गरेको भेटिएको छ।
यी आधारमा सरकारी वकिल कार्यालयले जाहेरीकर्ताको आरोप झुटा, बनावटी, तथ्यहीन, भ्रामक तथा कपोकल्पित भएको भन्दै मुद्धा नचलाउने निश्कर्षमा पुगेको हो।
यस्तै पाठकले आफू बस्ने गरेको सनसाईन अपार्टमेन्टमा २०८० फागुन ०८ गते अपरिचित व्यक्तिहरु आई लुटपाट तथा कुटपिट गरेको घटना सम्बन्धमा सोही दिन नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा बसेको र उक्त बैठकमा पार्टीको पोलिटव्युरो सदस्य महेश बस्नेत उपस्थित रहेको व्यहोरा जनाएको छ।
सो घटनामा पनि बस्नेत निर्दोष देखिएको ठहर छ।
र, यो पनि: लक्ष्मण सिंह ‘खत्तम मान्छे’भएको शोभाको आरोप, कयौंलाई ठगेर रकम झ्वाम [भिडिओसहित]
गाँठवाला खोजेर ‘हनीट्रयाप’ गर्दै हिन्ने शोभाको यस्तो छ चर्तिकला
४ विवाह गर्ने शोभा कसरी बनिन् ‘भीआइपी ठग’ ? यस्तो छ उनको विगत !
४ विवाह गर्ने शोभाले वडाबाट बनाइन् ‘कुमारी प्रमाणपत्र’
ललिता निवास प्रकरणमा पनि ‘विवादित’ शोभाको यस्तो कनेक्सन !
नारायणकाजीलाई सिध्याउन सोभा र दिपकको यस्तो ‘ट्र्याप’ तयारी, ५० लाखको बार्गेनिङ ?