काठमाडौं : पछिल्लोसमय एकपछि अर्को व्यक्तिसँग विवादित सम्बन्धका कारण नाम जोडिदै चर्चामा आएकी धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका-७ स्थायी घर भएकी जानुका पाठक उर्फ ‘शोभा’को अर्को कनेक्सन खुलेको छ।
३१ वर्षीया शोभाले चौथोपटकसम्म बिहे गरेकोदेखि अनेक षडयन्त्र गरेर विभिन्न उच्च ओहदाका व्यक्तिलाई हनीट्रयापमा पारेकोबारे विविध कुराहरु यस अगाडि नै खुलिसकेका छन्। शोभाले विगतदेखि नै विभिन्न व्यवसायी, राजनीतिक दलका नेता तथा सुरक्षाकर्मीसहित विशिष्ट व्यक्तिहरुसँगको सम्बन्ध जोडेर फाइदा उठाउने गरेको पाइएको थियो।
जसमा शोभाले डडेल्धुरा अस्पतालका पूर्वध्यक्ष लक्ष्मण सिंहदेखि मधेश दलका एक पूर्वमन्त्री र माउन्टेन टेलिभिजनका सञ्चालक राजु कँडेलसमेतलाई दुस्ख दिएको प्रमाणहरुसहित महेन्द्रनगरपोष्टले खुलासा गरिसकेको छ। उनै शोभाको थप अर्को विवादित कनेक्सन फेला परेको छ। शोभाको देशकै बहुचर्चित भ्रष्टाचारवाला ललिता निवास जग्गा हिनामिना प्रकरणमा कनेक्सन भेटिएको हो।
शोभाले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालसँग राम्रो सम्बन्ध भएको बताउँदै विभिन्न प्रलोभन देखाउने गरेको र भ्रष्टाचारमा संलग्नलाई बचाउने गरेको खुलेको हो।
सो प्रकरणमा पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बरकुमार श्रेष्ठ र चन्द्रदेव जोशीसमेत जोडिएका थिए। तथापि उनीहरुलाई अदालतले सफाइ दिएको छ। तर सोही प्रकरणमा विशेष अदालतले दुईजना पूर्वसचिव र केही कर्मचारीसहित जग्गा बिक्रीमा संलग्न केही व्यक्तिहरूलाई दुई वर्षसम्म कैद र जरिवानाको केही समय अगाडि फैसला गरेको थियो।
सो प्रकरणमा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवाससँगै जोडिएको १४३ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई विपक्षी बनाएको थियो।
उक्त प्रकरणमा अदालतले जग्गा खरिद बिक्रीमा संलग्न भएको आरोप लागेका भाटभटेनी सुपरमार्केटका सञ्चालक समेत रहेका मीनबहादुर गुरुङ र बिचौलियाको आरोप लागेका रामप्रसाद सुवेदी र शोभाकान्त ढकाललाई पनि दुई वर्ष कैद र जरिवानाको सजाय हुने फैसला गरेको थियो। जसमध्ये मीनबहादुर धरौटीमा छुटेका थिए।
उनै विचौलिया रामप्रसाद र खरिदबिक्रीवाला मीनबहादुरसँग शोभाको कनेक्सन देखा परेको हो। कनेक्सनमात्र होइन, आफूलाई रामप्रसादको बहिनी भनेर उनकी पत्नीको निकट हुँदै रामप्रसादको सवालमा अख्तियारमा बयानसमेत दिएकी छन्।
शोभाले रामप्रसादकी पत्नीको माधवी सुवेदीको अख्तियारमा बयान लेखिदिएकी हुन्। जबकी उनको सो मुद्दामा प्रत्यक्ष कुनै साइनो र सम्बन्ध देखिदैन। यतिमात्र होइन, शोभाले तत्कालीन समयमा मुद्दा मिलाउन विभिन्न कानुन व्यवसायी र न्यायाधीशसँगसहित तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणासँग १ अरबको लेनदेनबारे डीलसमेत गरेको आरोप लागेको छ।
यसअघि सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्ताका रूपमा नाम जोडिएका पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्ट र माधव कुमार नेपालमाथि पनि अनुसन्धान गर्न बाटो प्रहरीलाई खोलिदिए पनि उनीहरूमाथि अनुसन्धान नभएको आरोप लाग्दै आएको छ।
र, यो पनि: लक्ष्मण सिंह ‘खत्तम मान्छे’भएको शोभाको आरोप, कयौंलाई ठगेर रकम झ्वाम [भिडिओसहित]
गाँठवाला खोजेर ‘हनीट्रयाप’ गर्दै हिन्ने शोभाको यस्तो छ चर्तिकला
४ विवाह गर्ने शोभा कसरी बनिन् ‘भीआइपी ठग’ ? यस्तो छ उनको विगत !
४ विवाह गर्ने शोभाले वडाबाट बनाइन् ‘कुमारी प्रमाणपत्र’