काठमाडौं : धादिङ चैनपुरकी जानुका पाठक उर्फ शोभाको चर्चा एकाएक चुलिएको छ। कारण हो, विभिन्न व्यक्तिसँग उनको अवाञ्छित सम्बन्ध र सामाजिक सञ्जाल।
राष्ट्रिय युवा संघ नेपालकी नेतृसमेत रहेकी शोभाले पैसा र पावरवाला व्यक्तिसँग निकटको सम्बन्ध बनाएर आर्थिक ठगी गर्ने गरेको थुप्रै अडिओ, भिडिओ तथा तमसुकजस्ता प्रमाण महेन्द्रनगरपोष्टले फेला पारेको छ। यतिमात्र होइन, शोभाका अनैतिक हर्कत (मिडिया) मा प्रसारणसमेत गर्न नमिल्ने गतिविधिका भिडिओ क्लिपहरु हामीसँग सुरक्षित छन्।
हिजोमात्रै महेन्द्रनगरपोष्टले सुदूरपश्चिमस्थित डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष लक्ष्मण सिंहसँग शोभा जोडिएको र उनले गरेको ठगीबारे सविस्तार समाचार प्रकाशित गरेको थियो। महेन्द्रनगरपोष्टले सोही विषयसँग सम्बन्धित एक थप भिडिओ प्रमाण प्राप्त गरेको छ।
जसमा शोभाले सिंहको नाम नै किटेर उनी इज्जतदार मान्छे भएको भनिएपनी खत्तम मान्छे भएको जाहेर गरेकी छन्। सो भिडिओ शोभा आफैंले बनाएको देखिन्छ। जसमा शोभाले अन्य व्यक्तिसँग सल्लाह र वार्तालाप गरिरहेको देखिन्छ। शोभाले दुईपटक अस्पतालका अध्यक्ष भइसकेका सिंहबाट मोटो रकम लिएको सार्वजनिक भैसकेको छ।
अहिले भने सिंह श्रीमतीसँग सुखी जीवन बिताइरहेका छन्। त्यसका लागि मागे अनुसारको रकम दिएर उनले शोभाको मुख बुझेको बताइएको छ। ५ वर्षअघितिर शोभाले ‘ब्ल्याकमेल’ गरी उनीबाट ठूलै रकम लिएर अर्को बाटो लागेको चर्चा छ। त्योबेला दुवै जना सँगै बसेकोसहित विभिन्न ठाउँ घुमेको तस्बिर शोभाले पठाउँदै सिंहलाई ‘ब्ल्याकमेल’ गरेको बताइएको छ।
त्यसपछि पनि शोभाको बानी सुध्रिएन। उनले २०८० सालको वैशाख १४ गते आफूभन्दा निकै कान्छा कालिकोटका २६ वर्षीय कपिलबहादुर शाहीसँग चौथो बिहे गरेकी थिइन्। तर पुस २९ गते उनी डिभोर्स गरेर अलग भएकी थिइन्। तर, यो बीचमा उनले छत्कुली थरका मानिससँग बिहे गरेको पनि बताएका छन् ।
उनको भने मृत्यु भएको थियो । पतिको मृत्युपछि टुहुरो छोरा छाडेर लक्ष्मण सिंहसँग जोडिएकी उनी निकटकाहरू बताउँछन्।यश विषयमा भोलि प्रेसमिट गर्ने तयारी रहेको शोभाको भनाई छ।
को हुन् जानुका उर्फ शोभा पाठक ?
शोभा विवाहित महिला थिइन्। उनले दुई जनासँग बिहे गरेको प्रमाण फेला पारेको छ। तर, उनलाई चिन्नेहरूले भने शोभाले अझै धेरै जनासँग बिहे भएको दाबी गर्छन्, कानुनअनुसार बीचबीचमा सम्बन्धबिच्छेद् गरेरै।
शोभाले २०७० भदौ ११ गते शिवराम भण्डारीसँग पहिलो बिहे गरेकी थिइन्। विवाह गरेको दुई वर्षपछि २०७२ असार १० गते खरी गाउँपालिका, धादिङबाट विवाह दर्ताको पनि प्रमाणपत्र लिएकी थिइन्।
शोभाको फेरि २०८० सालको वैशाख १४ गते आफूभन्दा निकै कान्छा कालिकोटका २६ वर्षीय कपिलबहादुर शाहीसँग बिहे गरेकी थिइन्। तर, गत पुस २९ गते उनी डिभोर्स गरेर अलग भएकी छिन्। तर, यो बीचमा उनले छत्कुली थरका मानिससँग बिहे गरेको पनि बताएका छन्। उनको भने मृत्यु भएको थियो
र यो पनि
गाँठवाला खोजेर ‘हनीट्रयाप’ गर्दै हिन्ने शोभाको यस्तो छ चर्तिकला