कैलाली: धादिङ चैनपुरकी जानुका पाठक उर्फ शोभा विभिन्न व्यक्तिसँग जोडिएकै कारण चर्चामा आइरहेकी छिन्। तर, उनको गोरो अनुहार पछाडिको कालो कर्तुत भने दुनियाँलाई थाहा छैन। पैसा र पावरवाला व्यक्तिलाई आफ्नो चंगुलमा फसाएर पैसा धुत्न खप्पिस् उनको विगतको बारेमा महेन्द्रनगरपोष्टले प्रमाण फेला पारेको छ।
शोभाले २०७० भदौं ११ गते शिवराम भण्डारीसँग पहिलो बिहे गरेकी थिइन्। विवाह गरेको दुई वर्षपछि २०७२ असार १० गते खरी गाउँपालिका, धादिङबाट विवाह दर्ताको पनि प्रमाणपत्र लिएकी थिइन्।
यस्तै छत्कुली थरका श्रीमानको मृत्युपछि टुहुरो छोरा छाडेर धेरै पुरुषसँग उठबस गरेकी शोभा डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष लक्ष्मण सिंहसँग पनि जोडिएको खुलेको छ। दुईपटक अस्पतालका अध्यक्ष भइसकेका सिंहबाट पनि उनले मोटो रकम लिएको बताइन्छ।
अहिले भने सिंह श्रीमतीसँग सुखी जीवन बिताइरहेका छन्। त्यसका लागि मागे अनुसारको रकम दिएर उनले शोभाको मुख बुझेको बताइएको छ। ५ वर्षअघितिर शोभाले ‘ब्ल्याकमेल’ गरी उनीबाट ठूलै रकम लिएर अर्को बाटो लागेको चर्चा छ। त्योबेला दुवै जना सँगै बसेकोसहित विभिन्न ठाउँ घुमेको तस्बिर शोभाले पठाउँदै सिंहलाई ‘ब्ल्याकमेल’ गरेको बताइएको छ।
त्यसपछि पनि शोभाको बानी सुध्रिएन। उनले २०८० सालको वैशाख १४ गते आफूभन्दा निकै कान्छा कालिकोटका २६ वर्षीय कपिलबहादुर शाहीसँग चौथो बिहे गरेकी थिइन्। तर पुस २९ गते उनी डिभोर्स गरेर अलग भएकी थिइन्।
यसरी उनी ठुल्ठुला गाँठवालालाई मायाजालमा फसाएर विगतदेखि नै पैसा धुत्ने धन्दा चलाइरहेकी छिन्। त्यसका लागि उनी करिब एक दर्जन व्यक्तिसँग ‘रिलेशन’मा बसेको बताइन्छ।