काठमाडौं : विभिन्न उच्चपदस्थ व्यक्तिहरुसंग जोडिएर चर्चामा आएकी जानुका उर्फ शोभा पाठकले ‘डिर्भोस’पछि ‘कुमारी रहेको प्रमाणपत्र बनाएको भेटिएको छ ।
पटकपटक बिहे गर्दै डिर्भोस गर्दै आएकी उनले अन्ततः अविवाहित रहेको सिफारिस बनाएर प्रयोग गरिरहेको भेटिएको हो ।
धादिङ ज्वालामुखी ७ की शोभाले पहिलो बिहे २०७० भदौ ११ गते शिवराम भण्डारीसँग गरेकी थिइन् । शोभाको फेरि २०८० सालको वैशाख १४ गते आफूभन्दा निकै कान्छा कालिकोटका २६ वर्षीय कपिलबहादुर शाहीसँग बिहे गरेकी थिइन् ।
तर, गत पुस २९ गते उनले डिर्भोस गरेकी थिइन् । यसविचमा शोभाले अन्य दुईजनासँग बिहे गरेको चर्चा छ । उनले पटकपटक गरेको बिहे दर्ता र डिर्भोस प्रमाणपत्र सञ्जालमा भाइरल छन् ।
तर, पटकपटक बिहे गरिसकेकी उनले एक वर्षअघि २०७९ चैत २४ गते ज्वालामुखी गाउँपालिकाबाट अविवाहित रहेको भन्दै सिफारिस लिएको भेटिएको हो ।
धादिङको ज्वालामुखी गाउँपालिका ७ का वडाध्यक्ष ज्ञानेन्द्रप्रसाद खकुरालले, पत्र सङ्ख्या ०७९्८० र चलानी नम्बर ५५६ मा बनाइदिएको सिफारिसमा ‘श्री जानुका पाठक अविवाहित रहेको ब्यहोरा प्रमाणित गरिन्छ’ भनिएको छ ।
शोभालाई चिन्नेहरूले भने उनका दुईजना सन्तान रहेको दाबी गरेका छन् । उनीहरूका अनुसार धादिङको नीलकण्ठ माविमा उनका छोरा पढ्छन् भने छोरी कलंकलीमा अरूकै संरक्षणमा बस्छिन् । तर, शोभाले अविवाहित प्रमाण लिनुलाई कतिपयले उनको नियतमाथि शंका गरेका छन् ।
उनले लिएको झुठो सिफारिस जिल्ला अदालतमा काठमाडौंमा समेत पेश भएको भेटिएको छ । जुन गैरकानुनी समेत हो । झुठो सिफारिस बनाउने र सिफारिस गर्ने दुवैलाई कारबाही हुने कानुनी व्यवस्था छ । मुलुकी फौजदारी संहितामा झुटो विवरण सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई एक वर्षदेखि तीन वर्षसम्म कैद र एक लाखदेखि तीन लाखसम्म जरिवाना गर्ने व्यवस्था छ ।
शोभाले भने आफूले अविवाहित सिफारिस लिएको र प्रयोग गरिरहेको स्विकारेकी छिन् । छोडपत्र गरेर एकल भएपछि अविवाहित सो सरह हुने भएकाले सिफारिस बनाएको उनको जिकिर छ ।
उनी भन्छिन्, ‘‘मैले डिर्भोस गरिसकेको छु । यसैले म सिङ्गल छु । सिङ्गल भनेको अविवाहित हो । यसैले अविवाहित प्रमाणित सिफारिस बनाएर प्रयोग गरिरहेको छु । यसमा मेरो केही गल्ती छैन । मलाई फसाउन चाहनेहरूले बहाना बनाएका मात्र हुन् ।’’
केही महिनायता एमाले नेता महेश बस्नेत र युवा संघकी केन्द्रीय सदस्य शोभाको अन्तरङ्ग सम्बन्ध भएको चर्चा चल्न थालेको थियो । भित्रभित्रै भएको भए कसैले वास्ता गर्दैन थिए होलान्, शोभाले मेनस्ट्रिम मिडियामै गएर महेशसँग नजिक रहेको बताएपछि अहिले धेरैको चासो बढेको हो ।
तर महेश निकटताहरूले भने ‘शोभाले धेरै पुरुषसँग नजिकिने र बिहे गर्न बाध्य बनाउने गरेको र डिर्भोस गरेर सम्पत्ति खाने गरेको’ आरोप लगाएका छन् । त्यही प्रयोजनको लागि अरू पुरुषलाई देखाउन उनले ‘अविवाहित सिफारिस लिएको’ आरोप लगाएका छन् ।
र, यो पनि: लक्ष्मण सिंह ‘खत्तम मान्छे’भएको शोभाको आरोप, कयौंलाई ठगेर रकम झ्वाम [भिडिओसहित]
गाँठवाला खोजेर ‘हनीट्रयाप’ गर्दै हिन्ने शोभाको यस्तो छ चर्तिकला
४ विवाह गर्ने शोभा कसरी बनिन् ‘भीआइपी ठग’ ? यस्तो छ उनको विगत !