काठमाडौं: पछिल्लोसमय एकपछि अर्को व्यक्तिसँग नाम जोड्दै चर्चामा आउन खोज्ने धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका- ७ निवासी जानुका पाठक उर्फ ‘शोभा’ रहेकी विवादमा तानिएकी छिन्। ३१ वर्षीया शोभाले हालसम्म चौथोपटकसम्म बिहे गरिसकेको बताइन्छ।
स्रोतका अनुसार हनीट्रयापरको आरोप खेपिरहेकी उनको पछिल्लो गतिविधि झन फैलिदै गएको छ। अहिले उनले विभिन्न व्यवसायी, राजनीतिक दलका नेता तथा सुरक्षाकर्मीसहित विशिष्ट व्यक्तिहरुसँगको सम्बन्ध सार्वजनिक गरिरहेकी छन्। त्यतिमात्र होइन, उनले कयौंसँग उठबस गर्दैै बार्गेनिङ तथा ब्ल्याकमेलिङ गर्नेसम्मका घटना सतहमा आएका छन्।
जसका विभिन्न प्रमाणहरु महेन्द्रनगरपोष्टसँग पुगेका छन्। शोभाले सम्बन्ध राखेर कसै-कसैबाट मोटो रकम तथा जग्गा जमिन आफ्नो नाममा ल्याउने गरेको पाइएको छ।
यस्तै शोभाले कानुनको दुरुपयोग गर्दै जवरजस्ती करणीको चारवटा मुद्धासमेत दर्ता गरेको बुझिएको छ। बेलाबखत शोभाले सो सम्बन्धि मिडियामासमेत बोल्ने गरेकी छन्।
शोभाले विषेशगरी पैसा र पावर भएका व्यक्तिसँग चिनजान हुनसाथ मदिरा सेवन गर्ने, अश्लिल शब्दहरु बोल्ने र त्यसलाई आफैं रेकर्ड गरी ट्र्यापमा पार्ने गरेको अडियोहरु प्राप्त भएका छन्। एक जनासँग विवाह गर्ने र उसको सम्पत्ति कब्जा गरी अर्कोसँग पुनः विवाह गरिहाल्ने उनको खेती नै बनेको छ। विभिन्न पदका विशिष्ठ व्यक्तिहरु, सेना, प्रहरी, नेता, व्यवसायी लगायतका व्यक्तिहरुसँग उनको उठबस दैनिकीजस्तै बनेको देखिजान्नेहरुको दाबी छ।
यस्तो छ उनको विगत
धादिङ ज्वालामुखी गाउँपालिका वडा नं. ७ स्थायी वसोवास भएकी जानुका पाठक उर्फ ‘शोभा’ले २०६४ सालतिर स्कुल पढ्दापढ्दै परिवारको सहमति बिना नै भागेर खेम छत्कुलीसँग प्रेम विवाह गरेकी थिइन्। उनीबाट एक छोरा जन्मिएको केही वर्षपछि छोराको भविष्य उज्वल बनाउने सपना बोकी छत्कुली विदेश गएका थिए। त्यसपछि जानुका पाठक (शोभा) बच्चालाई राम्रो स्कुल पढाउने बहानामा धादिङवेसीमा शिवराम भण्डारीको घरमा भाडामा बस्न पुगिन्।
गाउँको सामान्य जीवनबाट धादिङको बजार प्रवेश गरेपछि विभिन्न रासलिला गर्दै ट्रक र गाडी ड्राइभरहरुसँग उनको उठबस हुन थाल्यो। त्यसै क्रममा काठमाडौँमासमेत घर भएका व्यवसायी उनको घरधनी शिवराम भण्डारीलाई मायाँजालमा पारी शारीरिक सम्बन्धमा रहेको भिडियो, अडियो रेकर्ड गर्दै उनलाई विभिन्न प्रकारका ब्ल्याकमेल गर्न थालिन्।
यसै क्रममा उक्त सप्रमाणसहित धादिङ प्रहरी चौकीमा करणी मुद्धा दर्ता गरी मेलमिलाप गर्न खोज्दा एक करोड दिए मिल्छु नत्र मलाई कान्छी श्रीमतीको रुपमा विवाह गर्नुपर्छ भनेपछि घरवेटी शिवराम भण्डारीले घर परिवार मिलाई बाध्य भएर २०७० साल भदौ ११ गते सामाजिक परम्परा अनुसार विवाह गरेता पनि २०७२ साल असार १० गते स्थानीय तहमा विवाह दर्ता गरेकी थिइन्।
सिवराम भण्डारीसँगको विवाह दर्ताको फोटो बाध्यता र परिस्थितीवश कान्छी श्रीमतीको रुपमा उनलाई व्यवसायी भण्डारीले काठमाडौँ स्थित स्वयम्भुको घरमा राखेका थिए। त्यसै क्रममा काठमाडौँमा बस्दा शोभाले कहिले नेपाली सेना, नेपाल प्रहरी, राजनीतिक व्यक्ति त कहिले व्यापारिक क्षेत्रका मानिससँग बाक्लो भेटघाट गर्न थालिन्। त्यसै क्रममा शोभाले सिलवाल थर भएको क्याप्टेनलाई हनीट्र्यापमा पारेर क्याप्टेनको श्रीमतीसँग डिभोर्स गराउन बाध्य पारिन्। त्यसपछि उनले क्याप्टेनसँग पनि मोटो रकम असुल्न भ्याएकी थिइन्।
त्यस्तै २०७२ सालमा उनका पहिलो श्रीमान् छत्कुलीको सवारी दुर्घटनामा रहस्यमय मृत्यु भयो। उक्त शिलशिलामा उनले आफ्नो छोरालाई वेवास्ता गर्दै हिडेकी थिइन्। हाल उनको १३ वर्षे छोरा जेठाजुले पालानपोषण गर्दै आएका छन्। आफूलाई अविवाहित भन्दै पुनः उनले डडेल्धुरा अस्पताल विकास समितिको पूर्वअध्यक्ष लक्ष्मण सिंहसँग पारिवारीक सम्बन्ध बनाउँदै उनलाई पनि हनीट्र्यापमा पारिन्।
उनको यो शिलशिला यतिकैमा रोकिएन। नाम उल्लेख नगर्ने शर्तमा मधेश दलका पूर्वमन्त्रीलाई पनि शोभाले हनीट्र्यापमा पारी दुई कठ्ठा जग्गा हात पारिन। स्रोतका अनुसार त्यसपछि शोभा माउन्टेन टेलिभिजनका सञ्चालक राजु कँडेलसँग जोडिन पुगिन्। कँँडेलको स्वघोषित रुपमा कान्छी श्रीमती भन्दै टेलिभिजनका कर्मचारीहरुलाई हप्कीदप्की गर्दै काम गर्न लगाउन थालिन्। आफूलाई पत्रकार भन्दै शोभा माउन्टेन टेलिभिजनको गाडीसमेत लिएर हिड्ने गर्दथिन्। कँडेलको पद्म कोलोनी निर्माणका लागि कर्मचारी सञ्चय कोषबाट पर्याप्त धितो नराखी ऋण अधिकृतलाई सेटिङ गर्दै ४६ करोड ऋण निकाशा गराईन। उक्त ऋण निकाशा गराए बापत उनले कँडेलसँग केही करोड रकम र पद्म कोलोनीको २० प्रतिशत शेयर आफ्नो नाममा गराईको बताइन्छ।
देशको आर्थिक मन्दीका कारण कोलोनीको काम पूर्ण रुपमा अगाडी बढ्न सकेन। यसै क्रममा शोभाका विगतका सवै हर्कतहरु कँडेलले थाहा पाएपछि हाल उनी शोभाकै कारण डिप्रेसनका साथै क्यान्सर रोगबाट पीडित भएको बताइन्छ।
लामो समयसम्म कर्मचारी सञ्चय कोषको साँवा व्याज नतिरेपछि लिलामी निकाल्न खोज्दा पर्याप्त धितो नदेखिएकोले तीनै जनालाई ठगी मुद्धा दर्ता गरी पक्राउ गर्न खोज्दा अदालतबाट स्टेअर्डर ल्याएर शोभाले रोकेकी छिन्। त्यसपछि शोभाको सम्बन्ध नुवाकोटका जीतेन्द्र थापासँग अगाडी बढेको र उनीसँग बन्द कोठामा बसी मदिरा सेवन गर्दै अश्लिल बातचित र हर्कत गरेको अडियो तथा भिडियो हामीलाई प्राप्त भएको छ।
पछिल्लोसमय उनीभन्दा ५ वर्ष कान्छो कालिकोटका २६ वर्षीय कपिल साहीलाई हनिट्र्यापमा पारी २०८० बैशाख १४ गते काठमाडौँ जिल्ला अदालतबाट चौथो विवाह दर्ता गरेको प्रमाण हामीलाई प्राप्त भएको छ। त्यसपश्चात कपिल साहीसँग पनि सम्बन्ध स्थापित हुन सकेन। त्यसक्रममा शोभाले कपिलसँग जग्गा तथा मोटो रकम लिई गत मिति २०८० पौस २९ गते सोही अदालतमा पुगेर सम्बन्धविच्छेद गरेकी छिन्। शोभाले दिएको मानसिक तनावले कपिल शाही अहिले डिप्रेसनका सिकार भएका छन्।
शोभा पैसा र पावरवाला व्यक्तिलाई आफ्नो चंगुलमा फसाई आफ्नो स्वार्थ पुरा गर्न खप्पिस मानिन्छिन्। शोभाको नेपालीमात्र होइन, भारतीय नेताहरुसँग पनि हिमचिम रहेको बताइन्छ।
यसै क्रममा पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेतसँग पनि उनको सम्बन्ध रहेको कुरा छताछुल्ल भएको छ। बस्नेतले अहिले आफूविरुद्ध विभिन्न अनर्गल रुपमा प्रचारबाजी र हर्कतहरु गरिरहेको जनाएका छन्।
र, यो पनि: लक्ष्मण सिंह ‘खत्तम मान्छे’भएको शोभाको आरोप, कयौंलाई ठगेर रकम झ्वाम [भिडिओसहित]
गाँठवाला खोजेर ‘हनीट्रयाप’ गर्दै हिन्ने शोभाको यस्तो छ चर्तिकला