काठमाडौं: पछिल्लोसमय एकपछि अर्को व्यक्तिसँग विवादित सम्बन्धका कारण नाम जोडिदै चर्चामा आएकी धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका-७ स्थायी घर भएकी जानुका पाठक उर्फ ‘शोभा’को अर्को खेलोमेलो सतहमा आएको छ।
शोभाले आफ्नो नाम र सम्बन्ध महेश बस्नेतसँग जोडेर उनलाई फसाई छाड्ने भन्दै भनिरहेका बेला थप अर्को खेलोमेलोको कुरा बाहिरिएको हो। उसो त बस्नेत निकट स्रोतका अनुसार परिचालन भएर सोभाले सबै गरिरहेको बताइएको थियो।
शोभाको समूह अर्थात् उनका आफ्नै (बहिनी ज्वाइँ) नातापर्ने तनहु स्थायी घर भएका दिपक लामिछानेसहितले तत्कालीन गृहमन्त्री तथा हालका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजीसँग बार्गेनिङ गर्ने तयारी गरेको कुरा बाहिरिएको हो। उनै लामिछानेले महेश बस्नेतसँग पनि बार्गेनिङ गर्न लगाएको बताइन्छ। यसैक्रममा उनीहरुको थप अर्को बार्गेनिङ प्लानको सिलसिला बाहिर आएको हो।
महेन्द्रनगरपोष्टले सो समूहको बार्गेनिङ गर्ने तयारीसहितको अडियो र भिडियो प्रमाण फेला पारेको छ। जसमा उनीहरुले नारायणकाजीको अश्लील भिडिओ आफूहरुसँग रहेको र सो भिडिओमार्फत बार्गेनिङ गर्न सकिने वार्तालाप एवं संवाद भएको कुरा छ।
यस्तै उक्त नारायणकाजीको भिडिओ नेपालका एक पुराना पत्रकारलाई दिएर उनीमार्फत पनि बार्गेनिङ गर्न लगाउने उनीहरूको योजनामा समेटिएको छ। सोही भिडिओलाई देखाएर नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका नारायणकाजीबाट ५० लाख रकम हत्याउने र पछिसमेत निरन्तर अन्य कामका लागि बार्गेनिङ गर्न सकिने उनीहरुको सेटिङ छ। यस्तै सो भिडिओ माओवादीकै कुनै नेतामार्फत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकोमा पुगाउनसके नारायणकाजीको मन्त्री पदसमेत फुस्किने संभावना रहेको विषयमा उनीहरुको छलफल भएको देखिन्छ।
उनीहरुको यो सबै जालझेल भने गोप्य स्रोतले हामीलाई जानकारी दिएपछि खुलेको हो।
उनीहरूले ५० लाख बार्गेनिङ गरेर नारायणकाजीबाट लिएको पौसामध्ये २० लाख पत्रकारलाई दिने र बाकी आफूहरुले राख्ने योजनासमेत बनाएको देखिन्छ।
पछिल्लोसमय शोभाको नाम हनी ट्रयापिङमा पनि जोडिदै आएको छ। तर शोभाले भने आफू समाजसेवी भएको भन्दै ती आरोपहरु निराधार रहेको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी गराउदै आएकी छन्।
यद्यपि उनै ३१ वर्षीया शोभाले चौथोपटकसम्म बिहे गरेकोदेखि अनेक षडयन्त्र गरेर विभिन्न उच्च ओहदाका व्यक्तिलाई हनीट्रयापमा पारेकोबारे विविध कुराहरु यस अगाडि नै खुलिसकेका छन्। शोभाले विगतदेखि नै विभिन्न व्यवसायी, राजनीतिक दलका नेता तथा सुरक्षाकर्मीसहित विशिष्ट व्यक्तिहरुसँगको सम्बन्ध जोडेर फाइदा उठाउने गरेको आरोप लाग्दै आएको थियो।
जसमा शोभाले डडेल्धुरा अस्पतालका पूर्वध्यक्ष लक्ष्मण सिंहदेखि मधेश दलका एक पूर्वमन्त्री र माउन्टेन टेलिभिजनका सञ्चालक राजु कँडेलसमेतलाई दु:ख दिएको प्रमाणहरुसहित महेन्द्रनगरपोष्टले खुलासा गरिसकेको छ। यतिमात्र होइन, उनै शोभाको देशकै बहुचर्चित भ्रष्टाचारवाला ललिता निवास जग्गा हिनामिना प्रकरणमा कनेक्सन भेटिएको थियो।
शोभाले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालसँग राम्रो सम्बन्ध भएको बताउँदै विभिन्न प्रलोभन देखाउने गरेको र भ्रष्टाचारमा संलग्नलाई बचाउने गरेको खुलेको थियो।
(बार्गेनिङबारेको अडिओ र भिडिओ क्लिप महेन्द्रनगरपोष्टसँग सुरक्षित छ।)
र, यो पनि: ललिता निवास प्रकरणमा पनि ‘विवादित’ शोभाको यस्तो कनेक्सन !