काठमाडौं – साताको पाँचौं दिन आज एकैदिन बजारमा सुनको मूल्य प्रतितोला १४ सयले बढेको छ । नेपाली बजारमा आज (बिहिबार) सुनको सुनको मूल्य बिहीबार १४ सयले बढेर प्रतितोला ९८ हजार ६ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १४ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
तेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि बिहीबार १५ रुपैयाँले बढेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments Box