काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण सप्तरीको राजविराज पुगेका छन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार गृहमन्त्री खाँण प्रदेश १ को राजधानी मोरङको विराटनगरदेखि बिहीबार बहान राजविराज पुगेका हुन् ।
निर्वाचन सुरक्षाबारे जानकारी लिन राजविराज पुगेका गृहमन्त्री खाँणले बिहान ११ बजे राजविराजको होटल आइगार्डेनमा हुने निर्वाचन सुरक्षा गोष्ठीमा मधेस प्रदेशको सप्तरी, सिरहासँगै प्रदेश १ को उदयपुरका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचन सुरक्षास्थितिबारे जानकारी लिने भएका छन् ।
उनले यसअघि नै जिल्ला सुरक्षा समितिमा संयोजकसमेत रहने प्रमुख जिल्ला अधिकारीहरूसँग निर्वाचन सुरक्षाबारे भर्चुअल माध्यमबाट छलफल गरिसकेका छन् ।
Facebook Comments Box